हाँस्नु
Romanized: haamsnu, haansnu, hansnu, haamshnu
मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु; खुसीले मुखबाट शब्द निकालेर प्रसन्नता प्रकट गर्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत हास+नु]
१.
मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु; खुसीले मुखबाट शब्द निकालेर प्रसन्नता प्रकट गर्नु; हाँसो निकाल्नु; खित्का छाड्नु।
२.
खुसी हुनु; दङ्ग पर्नु।
३.
अर्काको गिल्ला गर्नु; उपहास गर्नु।