हाल्नु
Romanized: haalnu, halnu
कुनै कुरो भाँडामा, केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु, थन्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत हुल्+नु]
१.
कुनै कुरो भाँडामा, केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु, थन्क्याउनु।
२.
मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु (जस्तो- बाहुलामा हात हाल्नु, ओढ्नेमा खोल हाल्नु इ.)।
३.
मोल दिनु (जस्तो- रुपियाँ हाल्नु, पैसा हाल्नु आदि)।
४.
मिलाउनु वा मिसाउनु (जस्तो- भाका हाल्नु, किरिया हाल्नु इ.)।
५.
प्रवेश दिनु; नियुक्ति गर्नु; भर्ना गर्नु।
६.
सौता ल्याउनु।
७.
(नाम)
पूर्वसहायक क्रियाका रूपमा गाँसिएर निश्चय वा शीघ्रता आदि बुझाउने क्रियापद (जस्तो- गइहाल्नु; गरिहाल्नु, भनिहाल्नु इ.)।