अगस्ति
Romanized: agashti, agasti
मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेका भनिने एक ऋषि; कुम्भयोनि; पुराणमा वर्णित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेका भनिने एक ऋषि; कुम्भयोनि; पुराणमा वर्णित कथाअनुसार समुद्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि; गोत्रप्रवर्तक अनेक ऋषिमध्ये एक।
२.
एक तारा; अगस्ति तारो।
३.
(विशेषण)
घिचुवा; खन्चुवा।