अञ्जन

Romanized: anyjana, anyjan, anjan, anjana

तोरीको तेलको बत्ती बाली त्यसमाथि कुनै भाँडो घोप्ट्याई माथिबाट छोपी सो बत्ती बलेर समाप्त हुँदा माथिल्लो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तोरीको तेलको बत्ती बाली त्यसमाथि कुनै भाँडो घोप्ट्याई माथिबाट छोपी सो बत्ती बलेर समाप्त हुँदा माथिल्लो भाँडाको भित्री भागमा जम्मा भएको ध्वाँसोमा तेल आदि हाली संस्कार गरी तयार गरिएको, आँखाका कोसको डिलमा आँखाको निरोगिता र शोभाका निम्ति लगाइने एक प्रकारको मलम वा लेप; गाजल; सुर्मा।
२.
सोह्र शृङ्गारमा एक; अङ्गराग।

सम्बन्धित शब्दहरू