अदेख
Romanized: adekh, adekha
नदेखिएको; अप्रत्यक्ष; परोक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अ+देख< प्राकृत देक्ख]
१.
नदेखिएको; अप्रत्यक्ष; परोक्ष।
२.
(नाम)
नदेखिने ठाउँ; अदृष्ट स्थल ।
३.
हिँड्ने बाटामा नपरी ओल्टेकोल्टे परेको ठाउँ; झट्ट आँखा नपर्ने ठाउँ।
४.
अनुपस्थिति; आफू नभएको अवस्था।
५.
बुद्धि वा चेतले नभेटेको स्थिति।
६.
उपेक्षा।