अनिष्ट
Romanized: anishta, anisht, anist, anista
नचाहेको; नचिताएको; मन नपरेको; अभीष्ट नभएको; इच्छाको प्रतिकूल; इच्छाविरुद्ध; इच्छाको विपरीत; इच्छा गरेभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नचाहेको; नचिताएको; मन नपरेको; अभीष्ट नभएको; इच्छाको प्रतिकूल; इच्छाविरुद्ध; इच्छाको विपरीत; इच्छा गरेभन्दा उल्टो।
२.
खराब; अहितकर; हानिकारक।
३.
अमङ्गलकारी; अशुभ (अनिष्ट ग्रह, अनिष्ट फल इ.)।
४.
(नाम)
अमङ्गल; अहित; दुर्भाग्य।
५.
खराबी; हानि; अशुभ।