अनुभाव
Romanized: anubhaava, anubhaav, anubhaawa, anubhav
साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; भावलाई उपयुक्त लक्षणद्वारा प्रकाशित गर्ने मानसिक र शारीरिक व्यापार।
२.
भरतको रसनिष्पत्तिसम्बन्धी सूत्रअनुसार विभाव र व्यभिचारी भावका साथ रसनिष्पत्तिमा भूमिका खेल्ने तत्त्व; स्थायी भाव उद्दीप्त भएपछि त्यसका आश्रयमा प्रकट भएर स्थायी भावलाई बाहिर प्रकाश गर्ने कार्यश्रेणीको व्यापार ।
३.
मर्यादा; चमक; शक्ति।
४.
वैभव; प्रभाव।
५.
सङ्कल्प; विश्वास।