अनुभूति

Romanized: anubhooti, anubhuuti, anubhuti

इन्द्रियहरू वा स्नायुहरूका माध्यमबाट प्राप्त उद्दीपनका फलस्वरूप प्रकट हुने मानसिक क्रिया, प्रतिक्रिया,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रियहरू वा स्नायुहरूका माध्यमबाट प्राप्त उद्दीपनका फलस्वरूप प्रकट हुने मानसिक क्रिया, प्रतिक्रिया, अनुक्रिया, घटना वा व्यापार; मानसिक अनुभव; मनले अनुभव गर्ने व्यापार वा क्रिया; अनुभूत गर्ने व्यापार वा कार्य।
२.
अंशतः मानसिक तथा शारीरिक तर पूर्णतः इन्द्रियगतचाहिँ नभएको आनन्द, पीडा आदि अनुभूत हुने अनुक्रिया वा संवेदना; मनोदशा; मनस्थिति; मनोभाव वा मनोराग।
३.
आन्तरिक प्रत्यक्षण, स्मृति या कल्पनाशक्तिद्वारा प्राप्त भएको मानसिक अनुभव; सो अनुभव गर्ने काम वा अनुभव भएको स्थिति।

सम्बन्धित शब्दहरू