अनुभूतिपक्ष
Romanized: anubhutipaksha, anubhutipaksh, anubhutipaks, anubhootipaksha
अंशतः मानसिक तथा शारीरिक तर पूर्णतः इन्द्रियगतचाहिँ नभएको आनन्द, पीडा आदि अनुभूत हुने अनुक्रिया वा संवेदना;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अंशतः मानसिक तथा शारीरिक तर पूर्णतः इन्द्रियगतचाहिँ नभएको आनन्द, पीडा आदि अनुभूत हुने अनुक्रिया वा संवेदना; मनोदशा;मनस्थिति;मनोभाव वा मनोराग।
२.
आन्तरिक प्रत्यक्षण;स्मृति या कल्पनाशक्तिद्वारा प्राप्त भएको मानसिक अनुभव;सो अनुभव गर्ने काम वा अनुभव भएको स्थिति।
३.
इन्द्रिय वा स्नायुका माध्यमबाट प्राप्त उद्दीपनको फलस्वरूप प्रकट हुने मानसिक क्रिया, प्रतिक्रिया, अनुक्रिया, घटना वा व्यापार, मानसिक अनुभव, मनले अनुभव गर्ने व्यापार वा क्रिया, अनुभूत गर्ने व्यापार वा कार्य।