अन्डबन्ड
Romanized: andaband, andabanda
कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले;… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले; गड्याङमड्याङ। (उदा.- अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन।)
२.
(नाम)
जेजसरी काम हुनुपर्ने हो सोअनुसार काम नभएको अवस्था; भद्रगोल; गोलमाल (उदा.- अन्डबन्ड पर्लाजस्तो लागेकाले मैले त्यो काम नै छाडिदिएँ।)।
३.
(विशेषण)
सिलसिला नमिलेको; असम्बद्ध र प्रलापजस्तो। (उदा.- आफ्ना हितैषीसँग पनि अन्डबन्ड कुरा गर्नु राम्रो होइन)।
उदाहरण वाक्य
- अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन।