अन्तरिम

Romanized: antarim, antarima

दुई भिन्न कालका बिचको; मध्यवर्ती समयको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुई भिन्न कालका बिचको; मध्यवर्ती समयको।
२.
कुनै एक परिपाटी समाप्त भई अर्को परिपाटी थालिने प्रक्रियाका बिचका समयको; कुनै एक परिपाटी टुङ्गिए पनि अर्को नयाँ परिपाटी नथालिंदैका अवधिको ।
३.
सोबिचको अवधिको हुनाले अस्थायी वा केवल कामचलाउ किसिमको (अन्तरिम अवधि, अन्तरिम काल, अन्तरिम व्यवस्था, अन्तरिम शासन, अन्तरिम सरकार इ.); मध्यवर्ती; अस्थायी।

सम्बन्धित शब्दहरू