अर्धचन्द्र

Romanized: ardhachandra, ardhachandr, ardhacandr, ardhacandra

आधा मात्र देखिएको चन्द्रमा; अष्टमीका दिनमा देखिने चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आधा मात्र देखिएको चन्द्रमा; अष्टमीका दिनमा देखिने चन्द्रमा।
२.
मयूरका प्वाँखमा भएको अर्धवृत्त बुट्टा; चन्द्रिका।
३.
स्त्रीको कुचमर्दन गर्दा स्तनमा हुने नङको चिह्न; नखक्षत।
४.
अर्धवृत्ताकार बाण।
५.
अक्षरका शिरमा लगाउने अर्धवृत्त चिह्न; चन्द्रविन्दु; जूनटिकी ।
६.
घोक्रयाउँदा गर्धनमा लगाइने हातको मुद्रा ।

सम्बन्धित शब्दहरू