आँठो
Romanized: aamtho, aantho, antho, amtho
खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बिचमा लगाइएको आली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्त्र]
१.
खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बिचमा लगाइएको आली।
२.
सानो फोगटो।
३.
कसैका भागको खेतबारीका छेउको आली वा डिल; जग्गाजमिनको साँधसिमाना।
४.
खर वा परालको कल्ली वा मुठो।
५.
पराल आदिका डोरीको पोयो।
६.
सुर्तीको जगटा।
७.
पातको मुठो ।
८.
केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धुलाको थुप्रो।
९.
एउटै पारी बाटिने कपालको चुल्ठो।