इतिहास

Romanized: itihaasa, itihaas, itihas, itihaasha

अतीत काल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अतीत काल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानबिनमा आधारित अध्ययन; तत्सम्बन्धी ग्रन्थ।
२.
कुनै मुलुक, जाति, संस्था, विषय आदिका अतीतका घटनाहरूको क्रमबद्ध वर्णन वा वृत्तान्त।
३.
अतीतका सानाठुला घटनाहरूको सारांश वा विवरण; अतीतका असाधारण तथा स्मरणीय चरित्र आदिको वृत्तान्त वा विवरण; पुख्र्यौली।

सम्बन्धित शब्दहरू