उखरमाउलो
Romanized: ukharamaaulo, ukharamaulo
टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप।
२.
ज्यादै कडा गर्मी; भावर।
३.
छुकछुके बानी; अति चञ्चलता।
४.
उच्छृङ्खलता।
५.
प्रेमीप्रेमिका आदिका बिच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख।
६.
सहिनसक्नु झगडा।
७.
(विशेषण)
ज्यादै चञ्चल; अस्थिर।