उडाउनु

Romanized: udaaunu, udaunu

उडाउनु (udaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उडाउनु(१)

(प्रेरणार्थक क्रिया)
1.
उड्न लाउनु; उड्ने पार्नु।

उडाउनु(२)

(प्रेरणार्थक क्रिया)
१..
उड्न लाउनु; उड्ने पार्नु।
२..
(सकर्मक क्रिया) खिसिटिउरी गर्नु; गिज्याउनु।
३..
भएनभएको कुरा गाँसेर उराल्नु, फुर्याउनु।
४..
नचाहिँदो किसिमले धनपैसा मास्नु, बेतरिकाले खर्च गर्नु; अपव्यय गर्नु।
५..
बतासले धुलोमाटो आदि सगरमा लानु।
६..
नाङ्लो आदि हम्केर बतास लगाई भुस, पगटा आदि हटाउनु।
७..
कुनै वस्तु थाहा नपाई लानु; चोर्नु ।
८..
कुनै कामकुरो मिलिक्कै सक्नु।
९..
खानेकुरो फुर्तीसाथ छिटै खानु।

सम्बन्धित शब्दहरू