उड्नु
Romanized: udnu
उड्नु (udnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उड्नु(१)
(अकर्मक क्रिया [उड् + नु])
1.
बस्दाबस्दै निद्राले झुल्नु, उँग लाग्नु।
उड्नु(२)
(अकर्मक क्रिया [संस्कृत उड्डयन+नु])
१..
चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु।
२..
हवाईजहाज, हेलिकप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गद्वारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु।
३..
सिद्धिनुः खतम हुनु, नासिनु।
४..
हटाउनु; मेटिनु।
५..
नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु।