उपचार

Romanized: upachaara, upachaar, upachara, upachar

बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमुलो; इलाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमुलो; इलाज।
२.
बिरामीको सेवा शुश्रूषा वा टहल चाकरी।
३.
देखावटी सत्कार; बनावटी मानभाउ।
४.
पूजाको अङ्ग वा विधान।
५.
खुसामद।
६.
घुस।

सम्बन्धित शब्दहरू