उल्टनु
Romanized: ultanu
उल्टो हुनु, पल्टनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उल्लोटन]
१.
उल्टो हुनु, पल्टनु।
२.
एक पटक बाली भइसकेका गाईभैंसीले पुनः बहर वा राँगो खोज्नु।
३.
एक अड्डाले गरेका कुनै मुद्दाको फैसलाको विरुद्ध माथिल्लो अड्डाबाट फैसला हुनु; बदर हुनु।
४.
(सकर्मक क्रिया)
पानी नहालीकन फुको भुस, खरानी आदिले भाँडा साफ गर्नु; उड्कनु ।
५.
फिँजिएको वा छरिएको बिस्कुन थुप्याउनु।
६.
फर्काउनु; उल्टो पार्नु।