कमाउनु
Romanized: kamaaunu, kamaunu
कमाउनु (kamaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कमाउनु
(स. क्रि. [संस्कृत कम्प=काम+आउ+नु])
१..
हल्लाउनु। (उदा.- उसले शरीर बेसरी कमायो)।
२..
(प्रेरणार्थक क्रिया)
काम्न लगाउनु। (उदा.- धामीले चिन्ता बसेर मधौरुलाई निकै बेरसम्म कमायो)।
कमाउनु(२)
(स. क्रि. [काम+आउ+नु])
१..
चल वा अचल सम्पत्ति जम्मा गर्नु; आर्जन वा उपार्जन गर्नु; कमाइ गर्नु; आर्जिनु।
२..
खेत वा बारीमा बाली लगाई भोगचलन गर्नु।
३..
सुन, चाँदी आदि धातुलाई गहनामा परिणत गर्नु; गहनागुरिया बनाउनु।
४..
पुरानो चलनअनुसार वसैपिच्छे बाली भर्ने गरी दमाईंले लुगा सिउने, कामीले हतियार बनाउने आदि काम गर्नु।
उदाहरण वाक्य
- उसले शरीर बेसरी कमायो