कमिलो
Romanized: kamilo
गुलियो आदि स्वादिला पदार्थ रुचाउने, दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, ऋतुअनुसार फुल आदि बोकेर ठाउँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुलना, तुलनीय पालि किपीलिका]
1
गुलियो आदि स्वादिला पदार्थ रुचाउने, दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, ऋतुअनुसार फुल आदि बोकेर ठाउँ सर्ने, भविष्यका लागि अन्न फूल आदि सञ्चय गर्ने र पिँधमा बारुला आदिको मैं चिल्ने खिल हुने, जीवविज्ञानका अनुसार फर्मिसिडी परिवारमा पर्ने ज्यादै सानोदेखि लिएर ठिक्कको सानो आकारमा र जातअनुसारको रङमा देखा पर्ने भाले, पोथी र नपुंसकसमेत सम्मिलित भएर समुदाय गठन गरी सामूहिक रूपमा रहने एक जातको किरो।