कर्म
Romanized: karm, karma
काम; कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काम; कार्य।
२.
भाग्य; तकदिर; प्रारब्ध।
३.
वैदिक वा लौकिक संस्कार; व्रतबन्ध, विवाह आदि संस्कार।
४.
व्याकरणमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरणमध्ये दोस्रो कारक; प्रायः द्वितीया विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्मकारक।
५.
अङ्गुल वा मात्राको छ गुना बराबरको नापो; करपाद, अङ्ग वा रस बराबरको परिमाण; छ अङ्गुल।