कलश
Romanized: kalasha, kalash, kalas, kalasa
बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घैटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घैटो।
२.
पूजाआजामा वरुण, नवग्रह आदि देवताको आवाहन गर्न स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र।
३.
मन्दिरको गजुर।
४.
विवाहमा सगुनका निम्ति अघि लाएर हिँडाइने, विशेष सजिसजाउ पारिएको, मन्दिरका आकारको मङ्गलपात्र।