अंश
Romanized: amsha, ansha, amsh, ansh
भाग; हिस्सा; खण्ड; टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भाग; हिस्सा; खण्ड; टुक्रा।
२.
दाजुभाइ वा अन्य अंसियारका बिच हुने जायजेथाको भागबन्डा; सो भागबन्डाअन्तर्गतको एक खण्ड।
३.
गणितमा भिन्नको सङ्ख्या वा अङ्क; वृत्तका परिधिको ३६० भागमध्ये एक भाग।
४.
मेष, वृष आदि राशिका भोग्यकालको तिस भागको एक भाग।
५.
चन्द्रमाको सोह्र खण्डमध्ये एक खण्ड।
६.
संस्थान, निगम, कम्पनी आदिमा अधिकृत पुँजीअन्तर्गत निश्चित रकमको एक हिस्सा।
७.
सङ्गीतमा रागको विस्तार वा थाट प्रकट हुने स्वर।