कवच
Romanized: kavacha, kavach, kawacha, kawach
कवच (kavacha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कवच(१)
(नाम [अरबी कब्ज-उल-वसूल])
1.
पहिले पहिले मुलुकीखानामा रकम बुझाएपछि अड्डाबाट दिइने गरेको रसिद; कबच।
कवच(२)
(नाम [संस्कृत])
२..
आवरण।
३..
छाला, बोक्रा।
४..
तन्त्रशास्त्रअनुसार शरीरका अङ्गप्रत्यङ्गको रक्षा र दिशाविदिशाबाट पनि सुरक्षा प्राप्त गर्नका लागि पाठ गरिने स्तोत्र; देवीदेवताको प्रार्थना गरी रचिएको तान्त्रिक मन्त्र (दुर्गाकवच आदि)।