कस्तूरी

Romanized: kashturi, kastoori, kasturee, kasturii

नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढु‌ङ्गाका लेउ खाने, छोटो, पुच्छर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढु‌ङ्गाका लेउ खाने, छोटो, पुच्छर, झिना खुट्टा र नरको नाभिनेर सुगन्धी बिना भएको, मृगका जातको झन्डै स्यालजत्रो प्रसिद्ध जन्तु, नेपालमा पाइने बदामी रङगको, कामरूप देश (पश्चिम आसाम) मा पाइने कालो रङगको र कश्मीरमा पाइने पिङ्गल वर्णको गरी तीन जात मानिएका र मध्य एसियाका घना जङ्गलमा पनि ठन्डा ठाउँमा पाइने सोही जन्तु।
२.
त्यसै जन्तुको नाभिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधि बनाउनमा प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली; बिना।

सम्बन्धित शब्दहरू