काँटा
Romanized: kaamtaa, kaamta, kamtaa, kaantaa
काँटा (kaamtaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काँटा(१)
(नाम)
1.
जिल्लाअन्तर्गतको भूभाग; तप्पा (प.ने.)।
काँटा(२)
(नाम [संस्कृत कण्टक])
१..
सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठुलो तुलो; तराजु।
२..
त्यसरी मालसामान जोख्ने तुलाका डन्डी सोझिएको देखाउने जिब्री।
३..
खानेकुरो खाँदा प्रयोग गरिने चुच्चा चुच्चा परेको चम्चा।
४..
आइमाईहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु; चिम्टी।
५..
इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अड्कुसे।
६..
माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी।
७..
स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो।
८..
काँढो; कण्टक।