काट्नु
Romanized: kaatnu, katnu
कुनै वस्तुलाई हतियारले हान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत कर्तन]
१.
कुनै वस्तुलाई हतियारले हान्नु।
२.
टुक्रा पार्नु; छिन्ने गराउनु।
३.
अक्षर केर्नु वा मेट्नु।
४.
रेल, मोटर आदिको टिकट किन्नु।
५.
बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु।
६.
समय बिताउनु।
७.
उल्लङ्घन गर्नु; नाघ्नु।
८.
अर्काले बोलेको कुरा नटुङ्गिदै बिचैमा बोल्नु।
९.
हिसाब आदि कट्टी गर्नु।
१०.
कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु।