कामर
Romanized: kaamara, kaamar, kamar, kamara
प्रसिद्ध तीर्थस्थलका शिवलिङ्गमा गङ्गा वा कुनै पवित्र नदीको जल चढाउन जाने कामार्थले बाँसका भाटालाई सिँगारपटार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्कन्धभार > हिन्दी काँवर]
१.
प्रसिद्ध तीर्थस्थलका शिवलिङ्गमा गङ्गा वा कुनै पवित्र नदीको जल चढाउन जाने कामार्थले बाँसका भाटालाई सिँगारपटार गरेर बनाइएको डन्डीका टुप्पामा झुन्ड्याएर काँधमा बोकी लगिने जलपात्रको हलुका भारी।
२.
कामार्थले जलपात्र र पूजासामग्रीका साथै आफूले उपयोग गर्ने लत्ताकपडा, भाँडावर्तन र खाद्यवस्तुसमेत बाँसका चोयाबाट बनेका पात्रमा हाली तिनलाई रातोरको कपडाको आवरणले नै ढाकेर मेहनाको रूप दिइएको बाँसका नोलका दुईतिरका टुप्पामा अड्काएर काँधमा बोकी लैजाने गहुँगो भारी।