कालो
Romanized: kaalo, kalo
प्रकाश वा सेतोको विपरीत रङ, मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत काल]
१.
प्रकाश वा सेतोको विपरीत रङ, मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग।
२.
प्रकाश नभएको स्थिति; अन्धकार।
३.
निग्रो जाति।
४.
दोष, कलङ्क; खोट।
५.
पाप; कल्मष।
६.
(विशेषण)
उज्यालो नभएको; अँध्यारो; मैलो वा धमिलो।
७.
कृष्ण वर्णको; कल्साउँदो; साँवलो; गाजले।
८.
मन सफा नभएको; रिसाएको; नजाती; दुष्ट ।
९.
आशा नभएको; पत्तो नपाइने (कालो भविष्य, कालो भावना इ.)।