कुम्भ

Romanized: kumbh, kumbha

कुनै मङ्गलकार्यका निम्ति पानी भरेर नियत स्थानमा राखिने माटाको भाँडो; जलपात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै मङ्गलकार्यका निम्ति पानी भरेर नियत स्थानमा राखिने माटाको भाँडो; जलपात्र।
२.
घडा; घट; गाग्रो।
३.
हात्तीका टाउकाको दुवैतिर उठेको माथिल्लो भाग (जुरो)।
४.
ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये एघारौं राशि।
५.
बाह्र वर्षको अन्तर वा अवधि।

सम्बन्धित शब्दहरू