कोरा
Romanized: koraa, kor, kora
कोरा (koraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कोरा(१)
(नाम [संस्कृत कड्ड])
१..
सादा, सेतो र माड नपछारिएको बाक्लो कपडा।
२..
(विशेषण)
मालसामान तयार पार्न काम लाग्ने र कच्चा (चिजवस्तु)।
३..
अनुभव नपाएको वा आवश्यक विषयव्यवहार नबुझेको; काँचो; सिकारु।
४..
परिष्कार नभएको; नमाझिएको।
कोरा(२)
(नाम [संस्कृत कोष्ठ])
1.
आमाबाबु, लोग्ने वा आफूले किरिया बस्नुपर्ने मानिस मर्दा किरियापुत्रीले अरूलाई नछुने र सेतो चोखो धोती फेरी एकान्त कोठो बारेर अलग्गै बस्ने काम; किरिया बस्ने काम (कोरा पस्नु, कोरा बस्नु, कोरा बार्नु आदि)।