कोरी
Romanized: koree, korii, kori
कोरी (koree) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कोरी(१)
(नाम [अङ्ग्रेजी स्कोर])
१..
बिसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बिसवटा वस्तुको समूह; एक बिस।
२..
बिस ढेप कागतको ठेली वा समूह। (उदा.- हाम्रो कार्यालयलाई तीन कोरी नेपाली कागत चाहिएको छ)।
कोरी(२)
(नाम [संस्कृत कुट्टन])
1.
ठुलो पात भएको र भेट्नामा लामो बिँड लगाइएको माटाको काममा प्रयोग हुने हतियार; बेल्वा।
कोरी(३)
(नाम [संस्कृत कुष्ठ])
1.
कुष्ठरोगी; महारोगी; कोही; कोढी; कोर्दी।
उदाहरण वाक्य
- हाम्रो कार्यालयलाई तीन कोरी नेपाली कागत चाहिएको छ