खर्र
Romanized: kharr, kharra
छिटो तान्ने, काट्ने, उघार्ने, लगाउने आदि चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
छिटो तान्ने, काट्ने, उघार्ने, लगाउने आदि चालले।
२.
धुलो वस्तु चुहिने, सिँडी आदिमा छिटो झर्ने, खस्ने किसिमले।
३.
सीमित दूरीमा अत्यन्तै छिटो पुग्ने गतिको किसिम; खुर्र; सर्र; खरखर; खुरुखुरु।
४.
हुल बाँधेर दगुर्ने वा भाग्ने ढङ्गसित।