खसखस

Romanized: khasakhas, khasakhasha, khashakhasa, khasakhash

खसखस (khasakhas) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खसखस(१)

(नाम [फारसी खस (द्वि.)])
१..
एउटै डाँठमा बग्रेल्ती लामा लामा पात हुने, कुशका जस्ता पहेंला फूल फुल्ने, बास्ना आउने र जरा हुने एक जातको घाँस; उशीर।
२..
त्यसैका जरा।

खसखस(२)

(क्रियाविशेषण [अरबी मू. खस्+अ (द्वि.)])
१..
कफ जम्नाले असजिलो हुने गरी घाँटी सगसगाउने किसिमले; फुको खोकी लाग्दा घाँटी सकसकाएर; सगसग; सगसगी।
२..
(नाम) मनमा लागेका कुरा बोल्न वा गर्न नपाउँदा हुने असजिलोपन; मनको तुलबुली।

सम्बन्धित शब्दहरू