खिच्नु
Romanized: khichnu, khicnu
कुनै वस्तुलाई आफूतिर तान्नु; घिच्च्याउनु; खैचनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै वस्तुलाई आफूतिर तान्नु; घिच्च्याउनु; खैचनु।
२.
फैलिएका वस्तुहरू एकै ठाउँमा सँगेट्नु, समेट्नु, केन्द्रीभूत पार्नु।
३.
कम खर्च गर्नु; फर्माइस नगर्नु; किफायत गर्नु।
४.
सारांश झिक्नु; तेरिज निकाल्नु।
५.
क्यामराले फोटो लिनु, तस्बिर वा चित्र उतार्नु।