खेप
Romanized: khep, khepa
एक पटकमा खेपेर वा बोकेर लगिने मालसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत खेप्प८ संस्कृत क्षेप]
१.
एक पटकमा खेपेर वा बोकेर लगिने मालसामान।
२.
त्यस्तो मालसामान ओसारपसार गर्दाको पटक।
३.
व्यापार आदिको यात्रा।
४.
पटक; पल्ट; बाजि; चोटि।