खेल
Romanized: khel, khela
मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद, खेलबाड; क्रीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद, खेलबाड; क्रीडा।
२.
व्यायामका लागि गरिने कामकुरो (कपर्दीको खेल, भकुन्डोको खेल इ.)।
३.
धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा (जादुको खेल)।
४.
लीला।
५.
चालबाजी; पेच।
६.
अति सजिलो वा तुच्छ काम।