गण
Romanized: gan, gana
कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय; जमात; समूह; वर्ग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय; जमात; समूह; वर्ग ।
२.
चर; दूत।
३.
अनुचर; सेवक ।
४.
शिवका पार्षद वा अनुचरहरूको दल।
५.
छन्दशास्त्रअनुसार लघुगुरुका हिसाबले रहेका तीनतीन अक्षरको आठ समूह (यगण, मगण, तगण, रगण, जगण, भगण, नगण र सगण)।
६.
पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, अद्, चुर् आदि धातुसमूह।
७.
ज्योतिषशास्त्रअनुसार मानिसमा रहेका तथा वरवधूका जन्मपत्रिका हेर्दा जुराइने देवगण, मनुष्यगण, राक्षसगण जस्ता तीन तहमध्ये कुनै एक।
८.
बहुवचन जनाउने एक चिह्न (महिलागण, सज्जनगण इ.)।