गर्नु
Romanized: garnu
कुनै काम-कुरो थाल्नु वा पूर्ण तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत कर+नु]
१.
कुनै काम-कुरो थाल्नु वा पूर्ण तुल्याउनु।
२.
काममा हात हाल्नु, काम फत्ते पार्ने प्रयासमा लाग्नु।
३.
कुनै नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुऱ्याउनु।
४.
स्त्री-समागम गर्नु।