गाँजिनु
Romanized: gaamjinu, gaanjinu, ganjinu, gamjinu
गाँजिनु (gaamjinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गाँजिनु(१)
(अकर्मक क्रिया [गाँज+इ+नु])
१..
कुनै बोटबिरुवा हाँगाबिँगाले युक्त हुनु; झाडिनु; झाम्टिनु; मौलाउनु; फैलिनु।
२..
धनसम्पत्ति, कुलकुटुम्ब आदिले परिपूर्ण हुँदै जानु; सम्पन्न हुनु।
गाँजिनु(२)
(कर्मवाच्य क्रिया [गाँज्+इ+नु])
1.
कुनै सङ्कटपूर्ण स्थिति वा समस्याले छोपिन; एँचमा परिनु ।