गुँद

Romanized: gumd, gunda, gund, gumda

गुँद (gumd) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गुँद(१)

(नाम)
1.
सिम परेको ठाउँमा पलाउने, बोजोका जस्तै च्याप्टा तर लामा पात हुने, पातका टुप्पामा कोदाका जस्तै झुप्पादार फल फल्ने तथा गुन्द्री, सुकुल आदि बुन्न उपयोग हुने एक जातको झार वा त्यसैको जरो; ठुलो जातको मोथे

गुँद(२)

(नाम [संस्कृत गुग्गुल])
1.
विशेष प्रकारको खोटोबाट बन्ने, अखाद्य भेदमा कागत, कपडा आदि टाँस्ने काममा प्रयोग हुने र खाद्य भेदमा मिठाई, औषधी आदि बनाउन प्रयोग हुने पदार्थ

सम्बन्धित शब्दहरू