गुण
Romanized: gun, guna
कुनै पनि वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्ट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्ट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म।
२.
कुनै मानिसमा रहको असल स्वभाव; सद्गुण।
३.
एक अर्कालाई प्रभाव पार्न सक्ने तत्त्व वा प्रशंसनीय विषय।
४.
कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सिप; निपुणता।
५.
वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ, उपयोगिता।
६.
ब्रह्माण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्व, रज, तम)।
७.
योगशास्त्रका अनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण।
८.
उपर्युक्त वृत्ति वा गुणका आधारमा तीन सङ्ख्याको सूचक शब्द ।
९.
पूर्वीय काव्यशास्त्रका अनुसार रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, औदार्य, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारता र समतानामक तत्त्व।
१०.
व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीनवटा अक्षर।
११.
एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा।
१२.
धनुको ताँदो वा डोरी।
१३.
धागो; डोरी; सुत।
१४.
वास्तु वा मूर्तिकलामा तीन इन्च बराबरको नापो; तीन अमल।