गोत्र
Romanized: gotr, gotra
वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट चलि-आएको पुख्र्यौली चिनाउने उपनाम (कौडिण्य, कश्यप, वसिष्ठ, भारद्वाज इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट चलि-आएको पुख्र्यौली चिनाउने उपनाम (कौडिण्य, कश्यप, वसिष्ठ, भारद्वाज इ.)।
२.
वंश; कुल; पुख्र्यौली।
३.
जाति; वर्ग।
४.
सन्तान।
५.
नाम; संज्ञा।
६.
गाईलाई रक्षा गर्ने व्यक्ति; गोरक्षक।
७.
पृथ्वी।