गोल
Romanized: gol, gola
गोल (gol) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गोल(१)
(विशेषण [संस्कृत])
१..
बाटुलो; वृत्ताकार; मण्डलाकार।
२..
(नाम)
वृत्ताकारको बनोट वा रचना।
गोल(२)
(नाम [फारसी])
१..
समूह; जमात; झुन्ड।
२..
रक्तसम्बन्ध वा अन्य कुनै सम्बन्धसूत्रद्वारा बाँधिएको समूह। (उदा.- गोल फुट्नु हुँदैन)।
गोल(३)
(नाम)
1.
काठपात आदिलाई बाली खरानी हुन नपाउँदै आगो निभी वा निभाई बाँकी रहेको कालो पदार्थ; निभेको कोइला, अँगार।
गोल(४)
(नाम [अड्])
१..
भकुन्डो, हकी आदिका खेलमैदानमा पक्षतर्फबाट सुरक्षा गरिएको तर विपक्षका खेलाडीहरूले विजयका निम्ति भकुन्डो आदि पुऱ्याउनुपर्ने निर्धारित क्षेत्र वा ठाउँ।
२..
उक्त खेलहरूका खेलमैदानमा एक पक्षका खेलाडीबाट सुरक्षा गरिँदागरिँदै पनि अर्को पक्षका खेलाडीहरूले निर्धारित क्षेत्रमा भकुन्डो आदि पुऱ्याई वा पसाई प्राप्त गरेको विजय (उदा.- ठमेल एघारले सङ्कटा एघारका विरुद्ध खेल सुरु भएको पाँच मिनेटमै पहिलो गोल गर्यो)।
उदाहरण वाक्य
- गोल फुट्नु हुँदैन
- ठमेल एघारले सङ्कटा एघारका विरुद्ध खेल सुरु भएको पाँच मिनेटमै पहिलो गोल गर्यो