घुर
Romanized: ghur, ghura
घुर (ghur) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घुर(१)
(नाम [प्राकृत घूरा])
१..
तिघ्रा, जाँघ (जस्तो- घुर जोर्नु, घुर थाप्नु, घुर थापेर सुत्नु इ.)।
२..
काख।
३..
सुत्ने ठाउँ; शयनस्थान, ओछ्यान; बिछ्यौना।
४..
(विशेषण)
अदृश्य; नदेखिने (जस्तो- घुरमैलो।)
घुर(२)
(नाम)
1.
परेवा, माछा आदिको गुँड।
घुर(३)
(नाम [मैथिली])
1.
भ्यास, सिँगटा आदि; घुरान।
घुर(४)
(नाम)
1.
मधेसमा गाउँघर र सहर बजारतिर झासमुस बालेर आगो ताप्न बनाइने अगेनु; घर।