घुर्रा
Romanized: ghurraa, ghurr, ghurra
बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [घुर्र+आ]
१.
बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो।
२.
मही पार्दा मदानीको सर छिराएर अड्याउने काठको प्वाल भएको चक्का; घुर्रो।
३.
रोटेपिङमा पिर्का अड्याउने साधन।
४.
ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको)।