घोट्टा
Romanized: ghottaa, ghott, ghotta
भाङको पात भिजाएर मरिच मिसाई बेसरी पिँधेर वा घोटेर तयार पारीकन गोला वा गोलीका रूपमा खाइने मादक पदार्थ अथवा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घोटन]
१.
भाङको पात भिजाएर मरिच मिसाई बेसरी पिँधेर वा घोटेर तयार पारीकन गोला वा गोलीका रूपमा खाइने मादक पदार्थ अथवा त्यसरी तयार पारिएको भाङको लेदोमा बदाम, किसमिस, सुकुमेल आदि पौष्टिक पदार्थ तथा दुध र चिनी हालेर सर्वतका रूपमा पान गरिने नसालु पदार्थ।
२.
कामको रगडाइ, घोटाइ।
३.
बारम्बारको रफत वा अभ्यास; मिहिनेत।