घोर

Romanized: ghor, ghora

देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज इ.)।
२.
मात्रा, मान आदिका दृष्टिमा पल्लो फाल पुगेको (घोर तपस्या, घोर निद्रा इ.)।
३.
साहै नजाती वा गर्न नहुने (घोर पाप, घोर अपराध, घोर अन्याय इ.)।
४.
निकै बाक्लो; घना (घोर जङ्गल)।
५.
साह्रै धेरै; अत्यन्त।
६.
गम्भीर; गहिरो।

सम्बन्धित शब्दहरू