चक्र
Romanized: chakra, chakr, cakr, cakra
विष्णुको बाटुलो आकारको एक अस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विष्णुको बाटुलो आकारको एक अस्त्र।
२.
माटाका भाँडा बनाउने बाटुलो साधन।
३.
गोलो घेरो, मण्डल।
४.
हठयोगअनुसार शरीरभित्रका मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा, ब्रह्मरन्ध्र आदि काल्पनिक छ वा त्यसभन्दा बढी स्थान।
५.
गाडी, मोटर आदिको गुड्ने गोलो वस्तु; पाङ्ग्रो; चक्का।
६.
राज्य; एकाधिपत्य ।
७.
हातका औंलाको नङको उल्टापट्टि देखिने घुमुर्किएको रेखा।
८.
दल; समुच्चय।